Loading...
Friday, September 13, 2013

गीत (मेरो साथमा खुशी हुन्नौ भने तिमी)

मेरो साथमा खुशी हुन्नौ भने तिमी
जिन्दगीमा कहिल्यै रुन्नौ भने तिमी
स्वतन्त्र भै सुखको मूलबाटो खोज
मन मिल्ने एउटा जीवन–साथी रोज

तिमी खुशी भएको देख्न चाहन्छु म
त्यही खुशी–को कथा लेख्न चाहन्छु म
मेरो साथमा खुशी हुन्नौ भने तिमी
जिन्दगीमा कहिल्यै रुन्नौ भने तिमी

च्यातिएका मन ती टाल्दै जानु तिमी
प्रगतिका पाइला चाल्दै जानु तिमी
मेरो साथमा खुशी हुन्नौ भने तिमी
जिन्दगीमा कहिल्यै रुन्नौ भने तिमी

मेरो चिन्ता नगर, जसो–तसो जिउँला
जिउन गाह्रो नै परे आँसु–प्याला पिउँला
मेरो साथमा खुशी हुन्नौ भने तिमी
जिन्दगीमा कहिल्यै रुन्नौ भने तिमी

मेरो साथमा खुशी हुन्नौ भने तिमी
जिन्दगीमा कहिल्यै रुन्नौ भने तिमी
स्वतन्त्र भै सुखको मूलबाटो खोज
मन मिल्ने एउटा जीवन–साथी रोज

सर्वत्रापमानित ‘स्मृतिरोगी’

3 comments:

 
Toggle Footer
TOP