Loading...
Friday, September 13, 2013

गीति शब्द (यात्रा अल्झिरह्यो)

जिन्दगीको जंघारमा यात्रा अल्झिरह्यो
यो मुटुमा तिम्रो याद मात्र अल्झिरह्यो

कल्पनाका कान्लाहरु चढ्दै–चढ्दै आएँ
बाधा–ब्यवधानसँग लड्दै–लड्दै आएँ
तर यहाँ दोबाटोमा जीवन ठोक्किएर
वेकम्मा भै पल्टेको छ यात्रा रोकिएर
जिन्दगीको जंघारमा यात्रा अल्झिरह्यो
यो मुटुमा तिम्रो याद मात्र अल्झिरह्यो

घायल भै मुटु यहाँ रोइरहेको छ
आँसु बगाएर घाउ धोइरहेको छ
तर घाउ–माथि नुन–चूक खन्याईदैछ
वेहोसी यो मुटुलाई चिता बनाईदैछ
जिन्दगीको जंघारमा यात्रा अल्झिरह्यो
यो मुटुमा तिम्रो याद मात्र अल्झिरह्यो

जिन्दगीको जंघारमा यात्रा अल्झिरह्यो
यो मुटुमा तिम्रो याद मात्र अल्झिरह्यो


सर्वत्रापमानित ‘स्मृतिरोगी’

0 comments:

Post a Comment

 
Toggle Footer
TOP