Loading...
Friday, September 13, 2013

गजल (आफ्नो सोच्दा–सोच्दै देश बिर्सिएछु)

आफ्नो सोच्दा–सोच्दै देश बिर्सिएछु
सेतै फुलेका ती केश बिर्सिएछु

आधुनिकताको फेसनमा फस्दा,
मौलिकतायुक्त भेष बिर्सिएछु

पैसा–पैसा भन्दै परदेशी हुदा,
खानु परेका ती ठेस बिर्सिएछु

क्रान्तियात्राभरि विजेता भै नाँचे,
सामन्तको अवशेष बिर्सिएछु


सर्वत्रापमानित ‘स्मृतिरोगी’

0 comments:

Post a Comment

 
Toggle Footer
TOP